+
+

रेमिट्यान्स घट्ने क्रम रोकिएन, छ महिनामा साढे ५ प्रतिशतले घट्यो

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २६ गते १६:४०

२६ माघ, काठमाडौं । विदेशबाट भित्रने रेमिट्यान्स चालु आर्थिक वर्षको ६ महिनामा पनि घटेको छ । चालु आर्थिक वर्षको पहिलो महिनादेखि नै घट्ने क्रम सुरु भएको रेमिट्यान्स छैटौं महिनासम्म आइपुग्दा पनि घटेको हो ।

नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको ६ महिनाको तथ्यांक अनुसार रेमिट्यान्स आप्रवाह ५.५ प्रतिशतले घटेर ४ खर्ब ६८ अर्ब ४५ करोड कायम भएको छ । अघिल्लो वर्षको ६ महिनाको अवधिमा रेमिट्यान्स आप्रवाह ११.१ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ६.२ प्रतिशतले कमी आई ३ अर्ब ९३ करोड पुगेको छ । अघिल्लो वर्ष रेमिट्यान्स आप्रवाह ६.७ प्रतिशतले बढेको थियो ।

यस अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या भने बढेको छ । राष्ट्र बैंकका अनुसार ६ महिनामा उल्लेख्य रुपमा वृद्धि भई १ लाख ६७ हजार ५१३ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ८९.० प्रतिशतले घटेको थियो ।

त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा २९८.१ प्रतिशतले वृद्धि भई १ लाख ३० हजार २१२ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ७५.५ प्रतिशतले घटेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?