+
+

कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु, २४०१ जनामा संक्रमण पुष्टि

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २६ गते १६:५५

२६ माघ, काठमाडौं । पछिल्लो २४ घण्टामा २४०१ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार ३५६ जनाको नमुना  परीक्षण गर्दा २४०१ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७,७७७ जना संक्रमणमुक्त भएका छन् भने १४ जनाको मृत्यु भएको छ ।

उपत्यकामा १०१७ जनामा संक्रमण

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १०१७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौंमा ८९०, ललितपुरमा १०२ र भक्तपुरमा २५ जना संक्रमित रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?