+
+

आगामी तीन वर्षमा द्रुतमार्गलाई १ खर्ब ३५ करोड बजेट चाहिने

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २६ गते १८:४७

२६ माघ, काठमाडौं । तराई मधेश द्रुतमार्ग आयोजनाले आगामी तीन आर्थिक वर्षमा १ खर्ब ३५ करोड ६८ लाख बजेट आवश्यक पर्ने बताएको छ । अहिले सम्म २५ अर्ब खर्च गरेको आयोजनाले आगामी तीन वर्षमा झण्डै डेढ खर्ब बजेट खर्चिने योजना बनाएको छ ।

राष्ट्रियसभा अन्तरगतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा रक्षा सचिव किरणराज शर्माले आगामी आर्थिक वर्ष २०७९/८० मा मात्रै ५५ अर्ब ५० करोडको बजेट चाहिने बताए ।

नेपाली सेनाले निर्माण गरिहेको द्रुतमार्गका लागि आर्थिक वर्ष २०८०/८१का लागि ४५ अर्ब ६६ करोड र २०८१/८२का लागि ३४ अर्ब ५२ करोड बजेट चाहिने रक्षा सचिव शर्माले जानकारी दिए ।

भएको छलफलमा रक्षा मन्त्रालयले अर्थ मन्त्रालयले आगामी तीन वर्षमा ठूलो बजेट व्यवस्थापन गर्नुपर्ने बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?