+
+

अनमोलले दुई दिन स्क्रिप्ट पढेर साइन गरे ‘हनी बनी’

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २७ गते ११:१३

२७ माघ, काठमाडौं । चलचित्र ‘एक्स ९’को तयारीमा रहेका अभिनेता अनमोल केसीले नयाँ चलचित्र साइन गरेका छन् । चलचित्र ‘एक्स ९’को छायांकन अनिश्चित बनेपछि अनमोलले दिवाकर भट्टराईको निर्देशनमा बन्न लागेको नयाँ चलचित्र ‘हनी बनी’का लागि लिखित सम्झौता गरेका हुन् ।

दिवाकरले यो चलचित्र निर्माणको घोषणा केही समय अगाडि गरेपनि नायक र नायिकाको खोजी भने गरिरहेका थिए । उनले केही दिनअघि मात्र अनमोलसँग लिखित सम्झौता गरेका हुन् । कुनै पनि चलचित्र साइन गर्नका लागि लामो समय लगाउने अनमोलले ‘हनी बनी’ भने दुई दिन कथा पढेर साइन गरेका थिए ।

दिवाकरका अनुसार चलचित्रको कथा निक्कै मन पराएपछि अनमोलले लामो समय नसोचेका हुन् । यो चलचित्रको छायांकन मार्च महिनाबाट लण्डनमा हुनेछ । चलचित्र ‘एक्स ९’का लागि जुँगा पालेर, तौल समेत बढाएका अनमोलले चलचित्रको छायांकन अनिश्चित बनेपछि आफ्नो लुक्स परिवर्तन गरिसकेका छन् ।

एबी इन्टरनेसनलको प्रस्तुतिमा गौतम प्रोडक्सन र भ्वाइस फिल्मस् लिमिटेडको सहकार्यमा यो चलचित्र बन्न लागेको हो । चलचित्रमा अमित बस्नेत, अजितकुमार थापा र परी रानाको लगानी रहनेछ । चलचित्रका कार्यकारी निर्माता अंकित गौतम हुन् ।

दिवाकरले अनमोलको करिअरका लागि नै यो चलचित्र कोसेढुंगा बन्न सक्ने दाबी गरे । चलचित्रका लागि नायिकाको खोजी भइरहेको उनको भनाइ छ । लभस्टोरी जनरामा नै बन्ने चलचित्रमा अनमोलको भूमिका फरक हुने निर्देशकको दाबी छ । अनमोल अभिनित चलचित्र ‘ए मेरो हजुर ४’ वैशाख १ गतेबाट रिलिज हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?