+
+

जन्ती बोकेको ट्रयाक्टर दुर्घटना हुँदा एकको मृत्यु, २३ जना घाइते

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २७ गते १७:५१

२७ माघ, उदयपुर। उदयपुरगढी गाउँपालिका-७ नागबेलिस्थित सडकमा जन्ती बोकेको ट्रयाक्टर दुर्घटना हुँदा एकजनाको ज्या गएको छ भने २३ जना घाइते भएका छन् ।

आज बिहान प्र २-०१-००१ त १०९६ नम्बरको ट्याक्टर आफैँ अनियन्त्रित भई सडकमा पल्टिँदा त्रियुगा नगरपालिका-१४ का १९ वर्षीय मिलन मग्रातीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका २३ जनालाई उपचारको लागि जिल्ला अस्पताल गाईघाट लगिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । घाइतेमध्ये चारजनाको अवस्था गम्भीर रहेको हुँदा थप उपचारको लागि न्यूरो अस्पताल विराटनगर पठाइएको छ ।

ट्याक्टरमा चालकसहित २५ जना सवार रहेको र चालक फरार रहेका उनको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?