+
+

जावा मोटरसाइकलको बीएस–सिक्स मोडलहरुमा अब ५ वर्षसम्म फ्री सर्भिसिङको सुविधा

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २७ गते १७:५४

२७ माघ, काठमाडौं । नेपालका लागि क्लासिक लिजेन्ड्सको एकमात्र अधिकृत वितरक, अग्नी ग्रुपको सहायक कम्पनी अग्नी मोटोइंक अन्तर्गत जावा मोटरसाइकलले अब फोर्टी–टु, जावा, र पेराकको बीएस–सिक्स मोडलहरुमा ५ वर्षसम्म फ्री सर्भिसिङको सुविधा प्रदान गर्ने भएको छ ।

जावा मोटरसाइकल प्रेमीहरूले काठमाडाैं, बिर्तामोड, धरान, इटहरी, विराटनगर, लाहान, पोखरा, नारायणघाट, बुटवल, भैरहवा, नेपालगञ्ज, वीरगञ्ज, सुर्खेत, दाङ, बाग्लुङ र धनगढीका विभिन्न शाखा र डिलरहरुबाट यी मोडलका जावा बाइकहरुमा फ्री सर्भिसिङको सुविधा लिन सक्ने छन् ।

अन्तर्राष्ट्रिय बजारमा राम्रो स्थान पाएको साथै नेपालमा पनि क्लासिक मोटरसाइकल प्रेमीहरुले निकै नै रुचाएको जावा मोटरसाइकलले सबैबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ । यसैबीच नेपालका विभिन्न स्थानहरुमा अवस्थित सोरुमहरु मार्फत पाइने फ्री लेबर चार्ज सुविधाले ग्राहकलाई थप सहजताको प्रत्याभूति गराउने कम्पनीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?