+
+

नाबालकलाई प्रलोभनमा पारी सुन लुटपाट गरेको आरोपमा दुईजना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २७ गते १८:४४

२७ माघ, काठमाडौं । प्रहरीले नाबालकलाई प्रलोभनमा पारेर सुन लुटपाट गर्ने र लुटपाट गरिएको सुन किनेको आरोपमा दुईजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गोक‌र्णेश्वर-४ का नारायण श्रेष्ठ र पथरी शनिश्चरे-८ घर भई गोकर्णेश्वर-६ काठमाौडौंमा सुनचाँदी पसल सञ्चालन गर्दै आएका राजकुमार बराइली छन् ।

प्रहरीका अनुसार गत मंगलबार तीन वर्षीय नाबालकलाई म तिम्रो मामा हुँ भन्दै नारायणले चकलेट दिएर प्रलोभनमा पारी कानमा लगाइराखेको चार आना बराबरको सुनको मुन्द्रा लुटपाट गरेका थिए ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक तथा प्रवक्ता दिनेशराज मैनालीका अनुसार जिल्ला अदालत काठमाडौंबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?