+
+

साउदीको आभा अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन आक्रमण, १२ जना घाइते

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २८ गते ७:३९

२८ माघ, काठमाडौं । यमनको सीमा नजिकैको आभा अन्तर्राष्ट्रिय विमानस्थललाई लक्षित गरी ड्रोन विस्फोट गराउँदा कम्तीमा १२ जना घाइते भएका छन् । आक्रमणबाट विमानस्थलमा सामान्य क्षति पुगेको छ ।

साउदी अरबको राज्य सञ्चालित सञ्चारमाध्यम, साउदी प्रेस एजेन्सीले ट्वीटमार्फत् दिएको जानकारीमा भनिएको छ, ‘साउदी रक्षा फौजले आभा अन्तर्राष्ट्रिय विमानस्थलतर्फ प्रक्षेपण गरिएको ड्रोन नष्ट गरेको छ ।’

साउदी अरबका अधिकारीहरूलाई उद्धृत गर्दै भनिएको छ, ‘गैरसैनिक (नागरिक) विमानस्थल र यात्रुलाई खतराको प्रतिक्रिया दिन सुरक्षाकर्मी परिचालन गरिएको छ र हामी आगामी परिस्थितिको सामना गर्न दृढ कदम चाल्नेछौं ।’

आक्रमणमा हुथी विद्रोहीहरूको संलग्नता रहेको अनुमान छ । यसअघि पनि इरान समर्थित हुथी विद्रोहीहरूले साउदी अरबका संवेदनशील क्षेत्रमा निशाना बनाएर आक्रमण गर्दै आएका छन् । यद्यपि उनीहरूले आभा अन्तर्राष्ट्रिय विमानस्थललाई लक्षित गरी गरिएको आक्रमणको तत्काल जिम्मेवारी लिएका छैनन् ।

सन् २०१५ देखि साउदी नेतृत्वको गठबन्धनसँग लडिरहेका विद्रोहीले विमानस्थल र कच्चा तेल संकलन केन्द्रलगायतका साउदी क्षेत्रलाई निशाना बनाउँदै बारम्बार ड्रोन आक्रमण गर्ने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?