+
+

काश्मीरमा बोल्ड मौनी राय

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २८ गते ९:०३

२८ माघ, काठमाडौं । बलिउड अभिनेत्री मौनी रायले दुई साता अगाडि मात्र आफ्ना प्रेमी सुरज नाम्बियरसँग बिहे गरिन् । दुबईमा रहेर व्यापार गरिरहेका सुरजसँगको केही वर्ष लामो प्रेम सम्बन्धलाई मौनीले बिहेमा परिणत गरेकी हुन् ।

विवाह गरेपछि उनी मुम्बईको विमानस्थलमा सारी, चुरा र सिुन्दर लगाएर श्रीमानसँग देखिएकी थिइन् । मौनी अहिले हनिमुनका क्रममा काश्मीरमा पुगेकी छन् ।

काश्मीरमा हिउँमा रमाउँदै गरेकी मौनीले अन्य केही तस्वीर पनि पोष्ट गरेकी छन् । इन्स्टाग्राममा उनले पोष्ट गरेको तस्वीर अहिले चर्चामा छ । तस्वीरमा उनी बोल्ड अवतारमा देखिएकी छन् । उनले बाहिर निक्कै जाडो छ भनेर पनि उल्लेख गरेकी छन् । काश्मीरमा हिउँ परिरहँदा कोठामा भने मौनी हट देखिएकी छन् ।

टेलिसिरियल ‘नागिन’मा काम गरेपछि यी सुन्दरीले दर्शकमाझ चर्चा पाएकी थिइन् । यसपछि उनले केही बलिउड चलचित्रमा काम पनि गरेकी छन् । मौनी आफ्नो बोल्ड छविका कारण पनि चर्चामा रहन्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?