+
+

‘ए मेरो हजुर ४’को शीर्ष गीतमा रोमान्टिक मुद्रामा अनमोल र सुहाना

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २८ गते १८:५७

२८ माघ, काठमाडौं । वैशाख १ गते रिलिज हुन लागेको चलचित्र ‘ए मेरो हजुर ४’को शीर्ष गीत सार्वजनिक भएको छ । शुक्रबार काठमाडौंको वान सिनेमाजमा आयोजित कार्यक्रममा चलचित्रको शीर्ष गीत सार्वजनिक गरिएको हो ।

गीतमा ‘ए मेरो हजुर’मा समावेश ‘फूलको थुंगा हौ कि’ बोलको हुक लाइन समावेश गरिएको छ । संगीतकार कल्याण सिंहले हुक लाइनसँगै नयाँ संगीत गीतमा प्रयोग गरेका छन् । रवि मल्लले शब्द कोरेको गीतमा सुगम पोखरेल र अस्मिता अधिकारीको स्वर छ ।

गीतमा चलचित्रका मुख्य कलाकारहरु अनमोल केसी र सुहाना थापालाई रोमान्टिक अवतारमा देखाइएको छ । शे-फोक्सुन्डोको रमणीय दृश्यमा छायांकन गरिएको भिडियोमा रामजी लामिछानेको कोरियोग्राफी छ । भिडियोलाई सञ्जय लामाले उत्कृष्ट तरिकाले क्यामेरामा कैद गरेका छन् ।

झरना थापाको निर्देशनमा तयार भएको यो चलचित्रमा मित्र डी गुरुङको सम्पादन छ । झरना थापा र स्वर्गीय छेतेन गुरुङको कथा रहेको चलचित्रमा झरना थापा, छेतेन गुरुङ, मन्दीप गौतम, बाबुराम दाहाल, प्रतीक पौडेल, उपकार पाण्डे, माधव शर्माको पटकथा तथा संवाद छ ।

अभिनेत्री झरना थापाले यो गीतको छायांकन गर्न निक्कै दुःख भएपनि दर्शकमाझ ल्याउँदा सुखको अनुभूति भएको बताइन् । यस्तै अनमोल र सुहानाले चलचित्र राम्रो बनेको भन्दै दर्शकले माया गर्ने विश्वास व्यक्त गरे । निर्माता सुनिलकुमार थापाले नेपालका पर्यटकीय गन्तव्यहरुलाई विश्वमाझ परिचित गराउन आफूहरुले नयाँ नयाँ लोकेसनमा चलचित्रको गीत खिचेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?