+
+

जब सपनामा श्रीकृष्णले अनमोललाई ‘बेष्ट अफ लक’ भने…

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २८ गते १९:२२

२८ माघ, काठमाडौं । अभिनता अनमोल केसीले अभिनय गरेको चलचित्र ‘ए मेरो हजुर ४’को शीर्ष गीत शुक्रबार सार्वजनिक गरियो । चलचित्रको शीर्ष गीतमा ‘ए मेरो हजुर’मा समावेश ‘फूलको थुंगा हौं कि’ बोलको हुक लाइन समावेश गरिएको छ । ‘ए मेरो हजुर’मा स्वर्गीय अभिनेता श्रीकृष्ण श्रेष्ठ र अभिनेत्री झरना थापाले अभिनय गरेका छन् । चलचित्र ‘ए मेरो हजुर ४’मा भने अनमोल केसी र सुहाना थापाको अभिनय हेर्न सकिन्छ ।

गीत सार्वजनिक कार्यक्रममा अनमोलले श्रीकृष्णलाई सम्झिए । अनमोलले भने, ‘मैले केही वर्षअघि एउटा सपना देखें । सपनामा म कतै चलचित्रको छायांकन गरिरहेको थिएँ, छायांकनस्थलमा श्रीकृष्ण श्रेष्ठ सर आउनुभयो । उहाँले मलाई राम्रो गरिरहेका छौ, यसरी नै राम्रो गर्नु भन्नुभयो । सपनामा मैले यति मात्र याद गरें । बिहान उठेर फ्रेस भएर सामाजिक सञ्जाल खोल्दा मैले श्रीकृष्ण श्रेष्ठको निधन भएको खबर थाहा पाएँ । सो कुराले म एकछिन स्तब्ध भएँ । जसलाई मैले सपनामा देखेँ, उहाँ अब यो संसारमा हुनुहुन्न भन्ने कुराले मलाई स्तब्ध बनायो । अहिले पनि यो कुरा भनिरहँदा म काँपिरहेको छु ।’

अनमोलले श्रीकृष्ण श्रेष्ठले अभिनय गरेको गीतमा आज आफूले अभिनय गरेको भन्दै अगाडि भने, ‘शायद आज मैले उहाँको गीतमा अभिनय गर्नु रहेछ र होला, मेरो सपनामा उहाँ आउनुभयो । मैले आजसम्म मेरो ड्याडको गीतमा अभिनय गरेको छैन ।’

अनमोलले ‘ए मेरो हजुर’को दुईवटा सिरिजमा आफूले काम गर्न पाउनु आफ्ना लागि आर्शिवाद भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?