+
+

मछिन्द्रलाई ६ अंकको अग्रता

विमल घर्ती मगरको उत्कृष्ट प्रदर्शनमा लिग लिडर मछिन्द्र फुटबल क्लबले शहीद स्मारक ए डिभिजन लिगमा शनिबार च्यासल युथ क्लबलाई २-० ले पराजित गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २९ गते १५:४०

२९ माघ, काठमाडौं । विमल घर्ती मगरको उत्कृष्ट प्रदर्शनमा लिग लिडर मछिन्द्र फुटबल क्लबले शहीद स्मारक ए डिभिजन लिगमा शनिबार च्यासल युथ क्लबलाई २-० ले पराजित गरेको छ ।

यस जितले मछिन्द्रले दोस्रो स्थानको मनाङ मर्स्याङ्दीमाथि ६ अंकको अग्रता बनाएको छ । हारपछि पुछारमा रहेको च्यासललाई भने रेलिगेसनको दबाव बढेको छ ।

दशरथ रंगशालामा भएको खेलमा विमलले एक गोल गर्नुका साथै अर्को गोलका लागि सहयोग गरे । खेलको १७औं मिनेटमा रञ्जित धिमालको कर्नरमा विमलले ब्याक हेडरमार्फत पहिलो गोल गरेका थिए । उनकै सहयोगमा ३५औं मिनेटमा सुनिल बलले दोस्रो गोल गरे ।

जारी लिगमा अपराजित रहेको मछिन्द्रले १० खेलबाट २६ अंक जोड्दै उपाधि रक्षा अभियानलाई अझ बलियो बनाएको छ ।

दोस्रो स्थानको मनाङ शनिबार थ्रीस्टार क्लबसँग १-१ को बराबरीमा रोकिएपछि मछिन्द्रले ६ अंकको अग्रता हासिल गरेको हो । च्यासल भने १० खेलबाट ५ अंकसहित पुछारमा रहेको छ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?