+
+

मधेश सरकारले जनयुद्ध दिवस मनाउँदै, प्रदेशमा सार्वजनिक बिदा

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १ गते ६:३८

१ फागुन, जनकपुरधाम । मधेश प्रदेश सरकारले आज जनयुद्ध दिवस मनाउँदैछ । यसअघि मधेश बलिदानी दिवस मनाउँदै आएको यो सरकारले यसपटक तत्कालीन माओवादी केन्द्रले सशस्त्र युद्ध सुरु गरेको दिनको सम्झनामा जनयुद्ध दिवस मनाउन लागेको हो ।

मधेश सरकारमा गत साउनदेखि नेकपा (माओवादी केन्द्र) पनि सहभागी भएको छ । यो पार्टीले आन्तरिम मामिला तथा संचार मन्त्री र राज्य मन्त्री पाएको छ ।

माओवादीको तर्फबाट सरकारमा सहभागी भएका आन्तरिक मामिला तथा संचार मन्त्री भरत साहको प्रस्तावमा मधेश प्रदेश सरकारले यो दिवस मनाउन लागेको छ ।

जनकपुरधामस्थित मधेश भवनको कभर्ड हलभित्र आयोजना हुने कार्यक्रमका प्रमुख अतिथि नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बोलाइएको छ ।

कार्यक्रममा जनयुद्धका शहीद परिवारलाई आर्थिक सहयोगसहित सम्मान गरिने छ । प्रदेशका प्रत्येक जिल्लाबाट पाँच/पाँच जना गरी ४० जनालाई एक लाखका दरले आर्थिक सहयोगसहित सम्मान गर्ने कार्यक्रम रहेको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले जनाएको छ ।

जनयुद्ध दिवस मनाउन प्रदेश सरकारले आज प्रदेशमा सार्वजनिक बिदा दिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?