+
+

फिल्ममा नछुट्ने अनमोल-सलोनको जोडी, ‘हनी-बनी’मा पनि सँगै

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १ गते १२:१९

१ फागुन, काठमाडौं । अभिनेता सलोन बस्नेतले बाल्यकालमा केही नेपाली चलचित्रमा काम गरेपनि अर्का अभिनेता अनमोल केसी भने पर्दामा देखिएका थिएनन् । अनमोलले चलचित्र ‘साथी म तिम्रो’को एक गीतमा अभिनय गरेका थिए ।

दुवै कलाकार फिल्मी पृष्ठभूमिबाट हुर्किएकाले पनि उनीहरुलाई चलचित्र क्षेत्रको मोह भने थियो । अनमोल अभिनेता भुवन केसीका छोरा हुन् भने सलोन निर्देशक शोभित बस्नेतका छोरा हुन् ।

अनमोल र सलोनले एकैसाथ चलचित्र ‘होस्टेल’बाट रंगीन दुनियाँमा पाइला राखे । यसपछि यी दुईको जोडी चलचित्रमा निरन्तर देखिएको छ । चलचित्र ‘गाजलु’, ‘ए मेरो हजुर ३’, ‘ए मेरो हजुर ४’मा पनि सलोन र अनमोललाई देख्न सकिन्छ । हुन त, सलोन अनमोलसँग मात्र नभएर अधिकांश चकलेटी नायकहरुसँग फिट छन् ।

अब अनमोल र सलोन अर्को चलचित्र ‘हनी बनी’मा पनि एकसाथ देखिने भएका छन् । दिवाकर भट्टराईको निर्देशनमा बन्न लागेको लभस्टोरी चलचित्रमा अनमोल केही दिनअघि अनुबन्धित भएका थिए । निर्माणपक्षले अब सलोनलाई पनि चलचित्रमा अनुबन्ध गरेको छ ।

यो चलचित्रका लागि अभिनेत्री भने खोजी भइरहेको निर्देशक भट्टराईले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?