+
+

त्रिवि केन्द्रीय कार्यालयका ताला खोल्न कर्मचारी संघको माग

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १ गते १७:४९

१ फागुन, काठमाडौं । त्रिभुवन विश्वविद्यालयको केन्द्रीय कार्यलयमा तालाबन्दीका कारण सम्पूर्ण काम ठप्प भएको भन्दै त्रिवि कर्मचारी संघले तत्काल खोल्न आग्रह गरेको छ ।

संघले विज्ञप्ति जारी गर्दै सम्वाद, वार्ता र सहमतिबाट समस्याको समाधान गर्न र अबिलम्ब तालाबन्दी खोल्न माग गरेको हो ।

कोरोना भाइरस महामारीका कारण सबै क्षेत्र थलिएको अवस्थामा कहिले विद्यार्थी र कहिले प्राध्यापकको मागमा त्रिवि बन्द गर्ने प्रवृत्ति बढेको भन्दै कर्मचारी संघले विरोध जनाएको छ ।

त्यस्तै, त्रिवि पदाधिकारीले पनि आन्दोलनरत पक्षसँग वार्ता गरेर समस्या समाधान गर्नेभन्दा आफ्नो इच्छा अनुसार काम गरिरहेको कर्मचारी संघको आरोप छ ।

‘दुई महिना अघिदेखि त्रिविमा कहिले एक वर्गले कहिले अर्को वर्गले आलोपालो जस्तै गरी ताला लगाउने प्रवृत्तिले त्रिविका सम्पूर्ण कार्यहरू (दैनिक प्रशासनिक सञ्चालनदेखि कर्मचारी, प्राध्यापकका विज्ञापनलायत सबै कार्यहरू ठप्प भएका र त्रिविलाई पुरै बन्धक न बनाइएको छ’संघका अध्यक्ष भोजराज राउतले भनेका छन् ।

अहिले त्रिवि केन्द्रीय कार्यलयमा विभिन्न पक्षले तीनवटा ताला लगाएका छन् । जनकपुरस्थित युथ क्याम्पसलाई सम्बन्धनका लागि त्रिवि अनुगमन निर्देशनालयका कर्मचारीले घुस मागेको भन्दै ७ माघमा उपकुलपति, शिक्षाध्यक्ष, रेक्टर कार्यालयमा नेविसंघले ताला लगाएको थियो ।

त्यसपछि २१ माघमा आंशिक प्राध्यापकहरुले आंशिक प्राध्यापक र त्रिवि व्यवस्थापन समितिबीच भएको सम्झौता कार्यान्वयनको माग गर्दै उपकुलपति, शिक्षाध्यक्ष, रेक्टर कार्यलय र सबै डीन कार्यलयहरूमा तालाबन्दी गरेका छन् ।

भारतको इन्दिरा गान्धी खुला विश्वविद्यालय पढेका विद्यार्थीहरूले समकक्षता नदिएको भन्दै रेक्टर कार्यालय र पाठ्यक्रम विकास केन्द्रमा ताला लगाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?