+
+

रामकृष्ण ढकालको ‘तिमीले बोल्ने बोली’

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १ गते १७:५३

१ फागुन, काठमाडौं । प्रणय दिवसको अवसर पारेर गायक रामकृष्ण ढकालको स्वरमा ‘तिमीले बोल्ने बोली’ बोलको गीत सार्वजनिक भएको छ । आइतबार रामकृष्ण ढकालको आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरिएको यो गीतमा नेत्र कोइराला ‘आकाश’को शब्द, दीपक शर्माको संगीत र मोहित मुनालको एरेन्ज रहेको छ ।

रोमान्टिक शैलीको यो गीतको भिडियोलाई सुव्रत आचार्यले निर्देशन गरेका छन् । भिडियोमा आकाश श्रेष्ठ र खुश्बु खड्काको अभिनय हेर्न सकिन्छ ।

उत्सव दाहालले खिचेको गीतको भिडियोलाई राजकुमार श्रेष्ठले सम्पादन गरेका हुन् । ‘तिमीले बोल्ने बोली’की निर्माता खुसी गुरुङ हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?