+
+

लुक डे जोङले इन्जुरी टाइममा गोल गरेपछि बार्सिलोना हारबाट जोगियो

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २ गते ८:११

२ पागुन, काठमाडौं । लुक डे जोङले इन्जुरी टाइममा नाटकीय रुपमा गोल गरेपछि बार्सिलोनाले स्पानिस ला लिगाको क्याटलान डर्बीमा स्पानयोसंगको हारबाट जोगिएको छ ।

खेलका बार्सिलोनाले पहिले अग्रता लिएपनि स्पानयोलले दुई गोल फर्काएर अग्रता बनाएको थियो । खेलको दोस्रो मिनेटमै पेड्रीले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । ४०औं मिनेटमा सर्जी डार्डरले स्पानयोलका लागि बराबरी गोल फर्काए । ६४औं मिनेटमा राउल डे टोमसले गोल गरेपछि दोस्रो हाफमा स्पानयोलले २-१ को अग्रता बनायो ।

नाटकीय बनेको खेलको अन्त्यतिर स्पानयोलका दुई र बार्सिलोनाका एक खेलाडीले रातो कार्ड पाए अनी अन्तिममा बार्सिलोनाले गोल पनि फर्कायो ।

बार्सिलोनाका जेरार्ड पिके र स्पानयोलका निको मेलामेडले इन्जुरी टाइममा रातो कार्ड पाए । त्यसपछि वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका लुक डे जोङले इन्जुरी टाइममै एडामा ट्राओरेको पासमा गोल गर्दै बार्सिलोनालाई १ अंक दिलाए । त्यसपछि स्पानयोलका मानु मोर्लानेस पनि रातो कार्ड पाउँदा ९ खेलाडीमा रहेर खेलको अन्त्य गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?