+
+

पकेट खर्चका लागि पोर्न उद्योगको यात्रा, २१ वर्षमै बनिन् करोडपति

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २ गते ९:५७

काठमाडौं । उनीसँग कुनैबेला आफ्नो स्कुलको शुल्क तिर्ने पैसा थिएन । आफ्नो पढाई खर्च पनि निकै मुस्किलले जुटाउनु पर्दथ्यो ।  पकेट खर्चको रकम पनि हुँदैनथ्यो ।

त्यही समस्याका कारण उनले पकेट खर्च जुटाउन पोर्न उद्योगको सहारा लिइन् । उनको त्यो निर्णयले जीवन नै बदलिदियो र २१ वर्षको उमेरमै उनी करोडपति बनिन् ।

डेलीस्टारका अनुसार हाल २६ वर्ष उमेरकी स्कारलेट जोन्स कुनै समय कानुनकी विद्यार्थी थिइन् । त्यो समय उनीसँग पकेट खर्चका लागि पनि पैसा हुँदैनथ्यो । उनको कलेजका धेरै साथीहरु पकेट खर्चका लागि पार्टटाइम जागिर गर्दथे । स्कारलेटले पनि पार्टटाइम जागिर गर्ने सोच बनाइन् । उनी त्यस्तो जागिर गर्न चाहन्थिन् जसले उनको पकेट खर्च र कलेजको शुल्कको पैसा कमाउन सकिन्थ्यो ।

त्यसपछि स्कारलेटले पोर्न उद्योगको बाटो तय गरिन् । उनले जुन बाटो रोजिन् त्यो सम्मानजनक थिएन तर उनको आवश्यकता पूर्ति गर्नमा त्यो बाटो निकै सहयोगी बन्यो । उनमा पोर्न उद्योगको यस्तो लगाव बढ्यो कि त्यसबाट बाहिर निस्किनै सकिनन् । सुरुमा उनले स्थानीय एक नग्न क्लबका लागि काम गरेकी थिइन् ।

स्कारलेटले एक पडकास्ट शोमा पोर्न उद्योगबारे खुलेर कुराकानी गरेकी थिइन् । आफ्ना सहपाठीहरुबाट उक्त स्ट्रिप क्लबका बारेमा आफूले थाहा पाएको उनले बताएकी थिइन् । त्यसपछि इन्स्टाग्राममा समेत देखेर प्रभावित हुँदै उनी उक्त नग्न क्लबमा काम गर्न गइन् । त्यसपछि उनले टेलिभिजनमा पनि काम सुरु गरिन् र अन्ततः व्यवसायिक पोर्नस्टार बनिन् ।

उनले ठूला–ठूला पोर्न फिल्मका परियोजनामा पनि करार गरिन् । ती करार सम्झौतामा अनेक अनौठा शर्त हुन्थे जसमा कपालको रङ बदल्न नपाइनेदेखि शरीरमा अनुमति बेगर टाटु बनाउन नपाइने सम्मका शर्त थिए । उनलाई ती सबै शर्त मञ्जुर भए ।

अहिले उनी आफ्नो करिअरलाई लिएर खुसी रहेको बताउँछिन् । २१ वर्षको उमेरमै आलिशान बंगला खरीद गरेकी स्कारलेट अहिले करोडौंकी मालिक बनिसकेकी छिन् ।

–एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?