+
+

सिप्रदीद्वारा अटो–इलेक्ट्रिसियन बन्न चाहने १० जनालाई निःशुल्क तालिम

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २ गते १३:५७

काठमाडौं । सिप्रदी ट्रेडिङ प्रालिले पाँचौं समूहका लागि सञ्चालन गरेको ६ महिने निःशुल्क अटो–इलेक्ट्रिसियन तालिम सम्पन्न भएको छ ।

सिप्रदीले सामाजिक उत्तरदायित्व विङ सिप्रदीयन सहायता संस्थाको सहकार्यमा तालिम सञ्चालन गरेको हो ।

तालिममा सहभागी उत्कृष्ट प्रशिक्षार्थीहरुलाई कम्पनीका प्रमुख कार्यकारी अध्यक्ष राजनबाबु श्रेष्ठ र प्रमुख सञ्चालन अधिकृत राजेशप्रसाद गिरीले प्रमाण पत्र र पुरस्कार प्रदान गरेका थिए ।

तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई बधाई दिँदै प्रमुख कार्यकारी अध्यक्ष श्रेष्ठले अटोमोबाइल क्षेत्रमा द्रुत गतिमा नयाँ प्रविधिको प्रवेश हुन गइरहेको अवस्थामा अटोइलेक्ट्रिसियनका लागि रोजगारको उत्कृष्ट अवसरहरु रहेको बताएका थिए ।

कम्पनीका अनुसार १० जना प्रशिक्षार्थीहरुले सिप्रदीको नेपालभर रहेका वर्कशपहरुमा रोजगारीको अवसर प्राप्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?