+
+

आईएमई पे र एभरेष्ट बैंकबीच सम्झौता

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २ गते १७:५८

काठमाडौं । आईएमई पे र एभरेष्ट बैंक लिमिटेडबीच बैंक लिङ्कमार्फत वित्तीय कारोबार गर्न सकिने गरी सम्झौता भएको छ । सम्झौता भएसँगै उपभोक्ताले आईएमई पे मोबाइल वालेट एपमा एभरेष्ट बैंकको खाता लिङ्क गरी बैंकका वित्तीय सुविधाहरू आईएमई पे एपमा प्रयोग गर्न सक्नेछन् ।

आईएमई पेलेहालसम्म नेपालको १४ वटा बैंकहरुसँग यस्तै प्रकृतिको सम्झौता गरेको जनाएको छ ।

आईएमई पेमा बैंक लिङ्क गरे पश्चात उपभोक्ताले आफ्नो सुविधा अनुसार एभरेष्ट बैंकको खातामा आईएमई पे एपबाट निः शुल्क पैसा पठाउन वा सार्न मिल्ने गरी सिस्टमलाई अध्यावधिक गरिएको जनाइएको छ ।

आईएमई पेमा बैंक लिङ्क गरे पश्चात उपभोक्ताले सिधै आईएमई पेको पिन नम्बर राखी पैसा पठाउन वा सार्न मिल्ने (बैंक खाताको विवरण नचाहिने) लगायतका सुविधा उपलब्ध हुनेछन् । सम्झौता अनुसार ग्राहकले एभरेष्ट बैंकमा रहेको खाताको ब्यालेन्स आईएमई पे एपमा प्रत्यक्ष हेर्न सकिने गरी व्यवस्था मिलाइएको उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?