+
+

लुम्बिनी प्रदेशले स्थापना दिवस दाङमा मनाउँदै

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ३ गते ७:१०

३ फागुन, दाङ । लुम्बिनी प्रदेश सरकारले आज प्रदेश सरकारको स्थापना दिवस मनाउँदै छ । राजधानी दाङमा विभिन्न कार्यक्रम गरी स्थापना दिवस मनाउन लागिएको हो ।

प्रदेश राजधानीका धेरैजसो काम प्रदेश मुकाम बुटवलबाट सञ्चालन भइरहे पनि स्थापना दिवस भने दाङको देउखुरीमा मनाउने तयारी गरिएको छ ।

प्रदेश सरकारका आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्माले स्थापना दिवसको अवसरमा आयोजित मूल समारोहको तयारी पूरा भएको जानकारी दिए । मन्त्री शर्माले स्वास्थ्य मापदण्ड पालना गर्दै दिवस मनाउने बताए ।

प्रदेश स्थापना दिवसका अवसरमा आयोजित विशेष कार्यक्रममा सरकारका चार वर्षमा भएका प्रगति विवरण प्रस्तुत, प्रदेशको वृत्तचित्र प्रदर्शन गर्नुका साथै पदक तथा विभुषण प्रदान गर्ने कार्यक्रम छ ।

दाङको देउखुरीलाई प्रदेशको स्थायी राजधानी तोकिएपछि केही मन्त्रालय र कार्यालयहरु राप्ती गाउँपालिकामा सारिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?