+
+

नेपालमा यामाहा एमटी-१५ बीएस ०६ को बढ्दो क्रेज

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ३ गते १३:४४

काठमाडौं । नेपालमा यामाहा एमटी-१५ बीएस ०६ को क्रेज बढ्दै गएको कम्पनीले दाबी गरेको छ । काठमाडौंको भृकुटीमण्डपमा २४ सेप्टेम्बर २०२१ मा एमटी-१५ बीएस ०६ लन्च गरिएको थियो । जहाँ एकैदिनमा दुई सय भन्दा बढी बाइक बिक्री तथा डेलिलिभरी गरिएको कम्पनीले जनाएको छ । त्यसयता एमटी-१५ को माग निरन्तर बढिरहेको कम्पनीको भनाइ छ । यस्तो अत्यधिक माग एमएडब्ल्यूका लागि अप्रत्याशित थियो । र यसका लागि जति समय लागे पनि पर्खिने इच्छा व्यक्त गरेपछि नेपालका लागि यामाहाको आधिकारिक वितरक एमएडब्ल्यू इन्टरप्राइजेज वास्तवमै अचम्म भएको कम्पनीको भनाइ छ ।

स्पोर्टस बाइकको दुनियाँमा यामाहा सदैब लोकप्रिय रहँदै आएको कम्पनीको भनाइ छ । सुरुवाती दिनहरूदेखि नै आफ्नो पहिलो ‘एमटी–०१’ सँगै यामाहाले विश्वव्यापी प्रशंसा बटुल्दै आइरहेको छ । ‘एमटी’ यानिकि मास्टर अफ टोर्क जो ‘वाइल्ड डि जाइन’ र ‘र टोर्क’ को समि श्रण हो, एमटीका लागि नेपालमा यो बढ्दो क्रेज नयाँ भने होइन । विश्वमै न्याकेड बाइकको बजारमा एमटीले ठूलो चर्चा पाउँदै आएको कम्पनीको भनाइ छ ।

एमटी -१५, ‘प्योर व्रीड हाइपर नेकेड’ बाइक हो, जो एमटी स्टेबलबाट सबैभन्दा गतिशील र कम वजन भएको बाइक हो । एमटी -१५, यसको टोर्क र एजिलिटीको ब्यालेन्स पोस्चर र सिंगल च्यानल एबीएसका लागि प्रख्यात छ । यस हाइपर नेकेड बाइकले राइडरले खोजेको रोमाञ्चकता मात्र प्रदान नगरेर राइडरमा एक प्रकारको आत्मविश्वास समेत जगाउँदछ ।

यामाहाको यस नेकेड एमटी -१५ १५५ सीसी पहिलेदेखि नै बलियो थियो, अब बीएस-०६ कम्प्लायन्ट इन्जिनको साथ कयौ‌ं बिशेषताहरूसँग ल्याइएको छ । विशिष्ट ‘इसियू मोडल’, सक्रिय प्रवेगका लागि ‘भीभीए इन्जिन’, सहरमा छिट्टो राइडिङका लागि ‘अप्टिमाइज्ड सेकेन्डरी रिडक्सन गियर रेसियो’, सहज गियर सिफ्टका लागि ‘एएस क्लच’, मोटार्ड जस्तो राइडिङ पोजिसन जसले राइडरलाई अत्यधिक सहजताको प्रत्याभतू गराउँदछ, उत्कृष्ट स्टपिङ पावरका लागि सिंगल च्यानल एबीएससहितको २८२ एमएम फ्रन्ट डिस्क जस्ता उत्कृष्ट बिशषेताहरूले एमटीमा थप आकर्षण थपेको छ।

‘टोर्क र एजिलिटी’ अभिव्यक्त गर्ने यस उत्कृष्ट डिजाइनलाई डायनामिक फ्रन्ट फेस स्टाइलिङ हेडलाइट, भर्टिकल हेडलाइटसहितको छोटो ब्याक टेल र समग्र ‘ग्राफिक्स र डिजाइनले यसलाई अझ विशेष बनाएको छ । आजसम्म यामाहाले आफ्ना उत्पादन र ग्राहकलाई बिक्री पश्चात पनि सबैभन्दा उत्कृष्ट सेवा प्रदान गर्दै विश्वव्यापी रुपमा अटुट विश्वास र ख्याति प्राप्त गरेको छ । र यामाहाले आफ्ना ग्राहकहरूप्रति स्थापित गरेको शिष्टाचारको यस संस्कृति एमएडब्ल्यू इन्टरप्राइजेजले नेपालमा पनि राम्रोसँग निरन्तरता दिँदै आइरहेको कुरा सर्वविदितै छ ।

विभिन्न नवीन पद्धति र प्रविधि मार्फत नेपाली समाजलाई सेवा दिँदै आइरहेको एमएडब्ल्यू इन्टरप्राइजले नेपाली समाजसँग ४६ वर्षको लामो यात्रा तय गरिसकेको छ । ग्राहकहरूको जीवनशैलीलाई माथि उठाउने मुख्य उद्देश्यका साथ एमएडब्ल्यू इन्टरप्राइजले नेपाली अटो संसारलाई आजको अवस्थासम्म ल्याउनमा ठूलो भूमिका खेलेको छ।

एमएडब्ल्यू इन्टरप्राइजले सधैं नेपाली अटोमोबाइल्स बजारलाई समयभन्दा अगाडिको सवारीसाधन र बाइक उपलब्ध गराइरहेको र निःशर्त रूपमा बिक्री पश्चातका जुनसुकै सेवा पनि उपलब्ध गराउँदै आइरहेको छ ।

देशभर यामाहाका सेवा केन्द्रहरू भएका करिब १०० यामाहा शोरुमहरू रहेका छन् । नेपालभरी यामाहाका १९६ स्पेयर पार्ट्स आउटलेटहरू र सेवा बिन्दहुरू साथै ८६ भन्दा बढी नयाँ एफआई स्टेशनहरू रहेका छन् । जहाँ सेवाग्राहीले एफआई बाइक र स्कूटरहरूका लागि स्वास्थ्य कार्ड प्राप्त गर्न सक्नेछ । तसर्थ, एमएडब्ल्यूले बटुलेको विश्वास, आफ्ना सेवाग्राहीहरूसँग बनाएको अमूल्य सम्बन्ध र यसले आफ्ना ग्राहकहरूलाई प्रदान गरेको सुरुक्षानुभूति पनि एमटी -१५ बीएस-०६ का लागि बढ्दो क्रेजका कारणहरू हुन् ।

एमएडब्ल्यू इन्टरप्राइजका प्रमखु कार्यककारी अधिकृत राजु क्षेत्रीले यामाहा परिवार प्रतिको अतुलनीय माया र प्रतिक्रियाका लागि सम्पूर्ण एमटी -१५ प्रेमीहरूलाई धन्यवाद दिएका छन् ।एमटी- १५ को माग पूरा गर्न सक्दो प्रयास भइरहेको भन्दै उनले ग्राहकहरूको अपेक्षा पूरा गर्न र उत्पादन क्षमता बढाउन यामाहा इन्डियासँग निरन्तर काम गरिरहेका बताए । अझै पनि एमटी-१५ बीएस ०६ का लागि नयाँ बुकिङहरू लिइरहेको भन्दै क्षेत्रीले ग्राहकहरूलाई सहज गराउन एउटा बुकिङ प्रणाली विकसित गरिएको बताए । जहाँ ग्राहकलाई स्वतः उत्पन्न हुने बुकिङ नम्बर प्रदान गरिनेछ र त्यसकै आधारमा बाइकको डेलिलिभरी उपलब्ध गर्दै आइरहेको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?