+
+

वीरगञ्जबाट झण्डै चार किलो चरेस बरामद

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ३ गते १४:२६

३ फागुन, वीरगञ्ज । सशस्त्र प्रहरी बलले पर्साको वीरगञ्जमा करिब चार किलो चरेस बरामद गरेको छ ।

वीरगञ्ज महानगरपालिका -१६ ईनर्वा गाउँदेखि भारततर्फको अहिर्वा गाउँ जाने कच्ची सडकमा सशस्त्र प्रहरी बलले अपरिचित व्यक्तिले फालेको झोला खोलेर हेर्दा तीन किलो ९०० ग्राम चरेस फेला पारेको हो ।

सशस्त्र प्रहरी बल १३ नं गणबाट खटिएको प्रहरी टोलीले चेकप्वाइन्ट राखेको देख्नासाथ नेपालबाट भारततर्फ जाँदै गरेका एक जना व्यक्तिले तरकारी बोक्ने झोला फालेर भागेका थिए ।

झोला बरामद गरी चेकजाँच गर्दा टेपले बेरिएको आठवटा प्याकेटमा तीन किलो ९०० ग्राम चरेस फेला परेको सशस्त्र प्रहरी नायब उपरीक्षक सन्तोषकुमार बस्नेतले बताए ।

बरामद चरेस आवश्यक कारबाहीको जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?