+
+

दुर्घटना गरी भाग्दै गरेका भारतीय नागरिक कीर्तिपुरबाट पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ३ गते १५:१४

३ फागुन, काठमाडौं । ललितपुरको धोविघाटमा सवारी दुर्घटना गरी भारतीय नम्बर बीआर०५एएन ५९२० को कारसहित भाग्दै गरेका भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

सोमबार राति करिब ११ बजे धोबिखोलामा एक पैदल यात्रीलाई ठक्कर दिई घाएते बनाएका थिए । उक्त दुर्घटनापछि भाग्ने क्रममा कीर्तिपुर पुगेका भारतको बिहार राज्य बस्ने २८ वर्षीय जोबैर अहमदलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक तथा प्रवक्ता दिनेशराज मैनालीले जानकारी दिए ।

यस सम्बन्धमा थप अनुसन्धान गर्न उक्त कारसहित अमहदलाई ललितपुर प्रहरी परिसरमा पठाइएको प्रवक्ता मैनाली बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?