+
+

प्रधानमन्त्रीको चिकित्सकमा डा. शैल रुपाखेती

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ३ गते १६:३३

३ फागुन, काठमाडौं । सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको चिकित्सकमा डा. शैल रुपाखेतीलाई जिम्मेवारी दिएको छ ।

गत २४ माघमा बसेको मन्त्रिपरिषद्को बैठकले स्टार अस्पतालका कार्यकारी निर्देशक रहेका डा. रुपाखेतीलाई विशिष्ट श्रेणीको सेवासहित चिकित्सकमा  नियुक्ति दिएको हो ।

डा रुपाखेतीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले गत आइतबार नियुक्ति पत्र दिएको छ ।

‘नेपाल सरकार मन्त्रिपरिषदको माघ २४ गतेको निर्णयअनुसार तपाईंलाई प्रधनमन्त्री तथा मन्त्रिपरिषद्को (विशिष्ट श्रेणी) चिकित्सक तोकिएको व्यहोरा सहर्ष जानकारी गराउँदछु,’ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव लक्ष्मण अर्यालद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?