+
+

राप्रपा प्रधानन्यायाधीश विरुद्धको महाअभियोगको विपक्षमा

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ३ गते १९:१७

३ फागुन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सत्तारुढ दलका सांसदहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि संसदमा दर्ता गरेको महाअभियोग प्रस्तावको विपक्षमा उभिएको छ ।

मंगलबार काठमाडौंको धुम्बाराहीस्थित पार्टी केन्द्रिय कार्यालयमा बसेको पार्टी पदाधिकारी बैठकले जबरामाथि लगाइएको महाअभियोगले न्याय क्षेत्रमा देखिएको बेथिति समाधान नगर्ने निष्कर्ष निकाल्दै सो प्रस्तावको पक्षमा उभिन नसक्ने प्रष्टयाएको हो ।

प्रधानन्यायाधीश जबरामाथि संसदमा दर्ता गरिएको महाअभियोग प्रस्तावको खेलमा आफ्नो पार्टी सहभागी नहुने निष्कर्ष बैठकले निकालेको पार्टीका प्रवक्ता मोहन श्रेष्ठले बताए । बैठकले न्यायालय राजनीतिक दलहरुकै दवाव, प्रभाव, हस्तक्षेप र भागबण्डाका कारण धरासायी भएको राप्रपाको बुझाई छ ।

राप्रपाले ज्ञानेन्द्र शाही नेतृत्वको हाम्रो नेपाल, हाम्रो नेपाली अभियानलाई पार्टीमा समाहित गर्ने निर्णय पनि गरेको छ ।

समान विचार भएका अन्य दलसँग पार्टी एकताका लागि गठित महामन्त्री धवल शमशेर राणा नेतृत्वको वार्ता समितिले सो अभियानसँग एकता गर्ने प्रस्ताव बैठकमा राखेको थियो । सोही प्रस्ताव अनुमोदन गरिएको पार्टीका प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?