
४ फागुन, काठमाडौं । अमेरिकामा गत चार हप्ताको अवधिमा कोभिड-१९ बाट झण्डै ३० लाख बालबालिका संक्रमित भएका छन् ।
ओमिक्रोन भेरियन्ट व्यापक बनेका बेला कोरोना भाइरसबाट संक्रमित हुने अमेरिकी बालबालिकाको संख्या नाटकीय रुपमा बढेको हो ।
अमेरिकाको एकेडेमी अफ पेडियाट्रिक्स एण्ड चिल्ड्रेन्स हस्पिटल एसोसिएसनको पछिल्लो रिपोर्ट अनुसार गत चार हप्तामा २९ लाखभन्दा बढी बालबालिका कोभिड-१९ बाट संक्रमित भएका हुन् । पछिल्लो तथ्याङ्कसँगै त्यहाँ महामारी सुरु भएयता कोरोना भाइरसबाट संक्रमित हुने बालबालिकाको संख्या एक करोड २३ लाख नाघेको छ ।
सोमबार अबेर सार्वजनिक गरिएको उक्त रिपोर्टमा अमेरिकामा जनवरीयता झण्डै ४५ लाख बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको उल्लेख छ । रिपोर्टअनुसार सेप्टेम्बरको पहिलो हप्तादेखि करिब ७३ लाख बालबालिका भाइरसबाट संक्रमित भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4