+
+

पाँचदलीय गठबन्धनको बैठक सुरु

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ५ गते १७:३५

५ फागुन, काठमाडौं । सत्तारुढ पाँचदलीय गठबन्धनको बैठक सुरु भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसीबारे छलफल हुने नेताहरुले बताएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी अनुमोदनका लागि संसदमा पेश गर्नुपर्ने अडानका छन् । तर माओवादी केन्द्र र एकीकृत समाजवादीले संसदको अवरोध कायम रहेको बेला एमसीसी टेबल गर्न नहुने बताएका छन् ।

सरकारले जबरजस्ती अघि बढ्न खोजे सरकार छाड्ने माओवादीको चेतावनी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?