+
+

बालकोटमा प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच छलफल

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ५ गते २०:२१
तस्वीर सौजन्य : विष्णु रिजाल ।

५ फागुन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओलीलाई उनकै निवास बालकोटमा पुगी भेट गरेका छन् ।

बिहीबार साँझ बालुवाटारमा सत्तारुढ गठबन्धनमा रहेका चार दलका शीर्ष नेताको बैठकमा एमसीसी संसदमा टेबल गर्ने विषयमा सहमति नजुटेपछि देउवा विपक्षी दलका नेता ओलीलाई भेट्न बालकोट पुगेका हुन् ।

नेकपा एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालले प्रधानमन्त्री देउवा र उनकी पत्नी आरजु राणा देउवा एमाले अध्यक्ष ओलीको निवासमा रहेको तस्वीर सार्वजनिक गरेका छन् ।

सत्तारुढ गठबन्धन एमसीसी सम्झौता संसदमा टेबल गर्ने र अनुमोदन गर्ने पक्षमा एकमत नभएपछि देउवाले एमालेको साथ खोजेको हुन सक्ने उनी निकट नेताहरु बताउँछन् । बिहीबार नै नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले ओलीसँग भेट गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?