+
+

प्रकाशमानलाई भेटेर फर्किए प्रधानमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ६ गते ८:५९

६ फागुन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा आज बिहान कांग्रेस नेता प्रकाशमान सिंहलाई भेट्न ठमेल पुगेका छन् ।

प्रकाशमान सिंहको कान्छो छोरा भाष्करमान सिंहको आज बिहे हुन लागेकाले प्रधानमन्त्री देउवा सिंह परिवारलाई भेट्न ठमेल गएका हुन् ।

बिहेको बधाई दिन देउवा प्रकाशमान सिंहको निवासमा गएको र त्यहाँबाट फर्किसकेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रकाशमानको सचिवालयले पनि भेट विशुद्ध पारिवारीक भएको जनाएको छ । ‘राजनीतिक विषयमा केही कुराकानी भएन, बधाई दिएर प्रधानमन्त्रीज्यू फर्किहाल्नुभयो,’ प्रकाशमान सिंहका सहयोगी युपी लामिछानेले भने ।

प्रकाशमानको छोरा भाष्करमानको बिहे राणाकी छोरीसँग हुँदै छ । बिहे ह्यात होटलमा हुने छ । जन्तीको रुपमा सहभागी हुन कांग्रेसका अन्य नेताहरु प्रकाशमान निवासमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?