
६ फागुन, काठमाडौं । ब्राजिलको पहाडी शहर पेत्रोपोलिसमा भिषण वर्षापछि आएको बाढी र पहिरोमा परी ज्यान गुमाउनेको संख्या ११० पुगेको छ ।
रियो दि जेनेरोको उत्तरतर्फ अवस्थित पेत्रोपोलिस शहरमा केही घण्टामै एक महिना बराबरको पानी परेपछि आएको बाढी र पहिरोमा परी हालसम्म ११० जनाको मृत्यु भएको अधिकारीहरूले बताएका हुन् । झण्डै १३४ जना मानिस अझै हराइरहेको हुँदा मृतको संख्या बढ्न सक्ने अधिकारीहरूको भनाइ छ ।
मंगलबार पेत्रोपोलिसमा तीन घण्टाको अवधिमा २५.८ सेन्टिमिटर बराबरको पानी परेको थियो । भिषण वर्षालगत्तै सडक जलमग्न भएको थियो भने पहिरोमा परी पहाडी खोँचमा रहेका घर ध्वस्त भएका थिए । हाल उद्दारकर्ताले बेपत्ता मानिसको खोजी कार्य गरिरहेका छन् ।
यसैबीच, रियो दि जेनेरोका गभर्नर क्लाउडियो क्यास्ट्रोले पेत्रोपोलिसमा सन् १९३२ यताकै ठूलो वर्षा भएको बताएका छन् । झण्डै चार सय मानिस घरबारबिहीन भएको र २४ जनालाई जीवितै उद्दार गरिएको पनि क्यास्ट्रोले जानकारी दिए ।
भारी वर्षापछि आएको बाढी र पहिरोबाट अस्तव्यस्त बनेको उक्त शहरमा हाल आपतकाल घोषणा गरिएको छ ।
Brazil’s Petropolis city declares state of disaster after at least 71 people were killed and around 80 homes were damaged from the flooding caused by heavy rain pic.twitter.com/RTcJd2BLdE
— TRT World (@trtworld) February 16, 2022
प्रतिक्रिया 4