
६ फागुन, काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले न्यूनगुणस्तर र दूषित खाद्य वस्तु उत्पादन तथा बिक्री गर्ने ३८ उद्योग/फर्म विरुद्ध मुद्दा दायर गरेको छ । चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा ती फर्म तथा उद्योगविरुद्ध विभिन्न जिल्ला अदालतमा मुद्दा दायर गरिएको विभागले जनाएको छ ।
मुद्दा दायर गरिएका मध्ये दूध तथा दूधजन्य पदार्थका १३, मसला एवं पिउने पानी उद्योग विरुद्ध पाँच/पाँच थान मुद्दा दायार भएका छन् । यस्तै खाद्यन्न र दलहन तथा सोबाट बनेका पदार्थ उत्पादन गर्ने पाँच र चियाका चार उद्योगविरुद्ध मुद्दा दायार भएको छ । यस्तै मह, सोयासस, तेल र दाना उत्पादन गर्ने एक/एक वटा उद्योगविरुद्ध मुद्दा दायर गरिएको विभागका प्रवक्ता मोहनकृष्ण मर्हजनले जानकारी दिए ।
विभागले ६ महिनाको अवधिमा बजार अनुगमन गरेर २ हजार १२४ नमूना संकलन गरेको र सोमध्ये ९ सय वटाको नमुना परिक्षणको रिपोर्ट प्राप्त भएको थियो । तीमध्ये ७४ वटाको रिपोर्ट प्रतिकुल पाइएको विभागको भनाइ छ । रिपोर्ट प्रतिकुल पाइएका मध्ये ३८ वटाको मुद्दा बुझाइएको र बाँकी अनुसन्धानकै क्रममा रहेको विभागले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4