+

फिफाबाट गाइडलाइन नआउँदा एन्फा विशेष साधारणसभा दोस्रो पटक स्थगित

२०७८ फागुन  ६ गते १८:३५ २०७८ फागुन ६ गते १८:३५
फिफाबाट गाइडलाइन नआउँदा एन्फा विशेष साधारणसभा दोस्रो पटक स्थगित

५ फागुन, काठमाडौ । अखिल नेपाल फुटबल संघ (एन्फा)को यही फुन ८ गते आइतबार हुने भनिएको विशेष साधारणसभा स्थगित भएको छ ।

एन्फामा आबद्ध ४८ वटा जिल्ला फुटबल संघ, निर्णायक संघ, प्रशिक्षक संघ, महिला फुटबल संघ, शहीद स्मारक ए, बी र सी डिभिजन लिगसँगै राष्ट्रिय लिगमा छनोट भएका चार टोलीलाई पत्र लेख्दै एन्फाले विशेष साधारणसभा प्राविधिक कारण स्थगित भएको जनाएको छ ।

एन्फा महासचिव इन्द्रमान तुलाधरले लेखेको पत्रमा विशेष साधारणसभा हुने मिति, समय र स्थान अर्को पत्रमार्फत् जानकारी गराउने उल्लेख छ ।

एन्फाको विशेष साधरणसभा स्थगित भएको यो दोस्रो पटक हो, यसअघि एन्फाको विशेष साधारणसभा माघ २९ गतेका लागि तय गरिएको थियो । तर, त्यो बेला पनि समय अपुग भन्दै एन्फाले फागुन ८ गतेका लागि सारेको थियो।

तर, फिफाबाट गाइडलाइन स्वीकृत भएर नआउँदा विशेष साधारणसभा दोस्रो पटक स्थगित गर्नुपरेको एन्फा महासचिव इन्द्रमान तुलाधरले बताए । ‘फिफा र एएफसीले पठाएको विधान र निर्वाचन निर्देशिकामा केही प्रतिक्रिया दिएको छ । त्यसमा फिफाबाट गाइडलाइन स्वीकृत भएर आएपछि नयाँ मिति तय गरिनेछ ।’ तुलाधरले भने ।

उनले अब अर्को साता भित्रमा विशेष साधारणसभाको लागि नयाँ मिति तय गरिने बताए । ‘यसअघि मिति घोषणा गरे पनि समय पुगेन फेरि त्यस्तै होला कि भनेर अहिले मिति तय गरेका छेनौँ ।’

फिफा

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय