+
+

विश्वकप छनोटमा नेपालले आज फिलिपिन्ससँग खेल्दै

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ७ गते ६:५४

७ फागुन, काठमाडौं । आईसीसी टी-२० ग्लोबल क्वालिफायरअन्तर्गत समूहको आफ्नो दोस्रो खेलमा नेपालले आज फिलिपिन्ससँग खेल्दैछ ।

ओमानको मस्कटस्थित अल अमेरात रंगशालामा यो खेल नेपाली समयअनुसार बिहान पौने १२ बजेदेखि सुरु हुनेछ ।

यसअघि पहिलो खेलमा शुक्रबार घरेलु टोली ओमानलाई ३९ रनले हराएको नेपालका लागि आजको खेल तुलनात्मक रुपमा सहज हुनसक्छ । ग्लोबल क्वालिफायरको नवआगन्तुक टोली फिलिपिन्सले शुक्रबार क्यानडासँग ११८ रनको हार ब्यहोरेको थियो ।

फिलिपिन्सलाई हराउन सकेमा नेपालले सेमिफाइनल यात्रा लगभग निश्चित गर्नेछ । नेपाल र फिलिपिन्सबीच खेल भएकै समयमा यही समूहका क्यानडा र ओमानबीच पनि खेल हुनेछ । नेपाल र क्यानाडाले आआफ्नो खेलमा आफू अनुकूल नतिजा निकालेका अवस्थामा यो समूहबाट सेमिफाइनलमा पुग्ने टोलीको टुंगो आजै लाग्नेछ ।

ग्लोबल क्वालिफायर ए मा रहेका ८ टोलीलाई दुई समूहमा बाँडेर प्रतियोगिता सन्चालन गरिएको छ । अर्को समूहमा यूएई, आयरल्याण्ड, जर्मनी र बहराइन छन् । दुई समूहको शीर्ष दुई टोलीले सेमिफाइनल खेल्नेछन् ।

यसअघि शुक्रबार भएको पहिलो खेलमा नेपालले ओमानलाई ३९ रनले हराएको थियो । ११८ रनको लक्ष्य पछ्याएको ओमानलाई १७ ओभरमै ७८ रनमा अलआउट गर्दै नेपालले सानदार जित निकालेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?