+
+
शहीद स्मारक ए डिभिजन लिग :

फाइनल जस्तै रेलिगेसन ब्याटल : गर या मरको अवस्थामा फ्रेण्ड्स र च्यासल

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ७ गते ९:४२

७ फागुन, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा आजदेखि १२औं चरणको खेलहरू सुरु हुनेछ । जसको पहिलो खेलमा फ्रेन्ड्स क्लब र च्यासल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

यी दुई टोली रेलिगेसनबाट जोगिन संघर्षरत छन् । त्यसैले त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा मैदान उत्रँदा दुवैको लागि यो खेल गर या मरको अवस्थामा हुनेछ ।

लिगको उपाधि मछिन्द्रले पक्का गरिसकेको अवस्थामा अब बाँकी दुई चरणमा यस्तै रेलिगेसन ब्याटलका खेलहरू महत्वपूर्ण रुपमा रहेका छन् ।

फ्रेन्ड्स र च्यासलबीचको खेल दिउँसो १ बजे सुरु हुनेछ । दुवैको लागि यो खेल फाइनल सरह छ । च्यासल जम्मा ६ अंक जोडेर पुछारमा छ भने एक अंक बढी रहेको फ्रेण्ड्स १२औं स्थानमा छ ।

आजको खेलमा एउटा के तय हुनेछ भने यदि च्यासल फ्रेण्ड्ससँग पराजित भएमा अन्तिम खेल खेल्नुअघि नै रेलिगेसनमा पर्ने पहिलो टोली बन्नेछ ।

च्यासल पराजित हुँदा फ्रेण्ड्को १० अंक हुनेछ । यस्तोमा च्यासलले अन्तिम खेल जिते पनि फ्रेण्ड्सलाई उछिन्न सक्ने छैन । रेलिगेसन जोनको अर्को टोली ब्रिगेडको पनि ७ अंक छ र १३औं स्थानमा छ ।

फ्रेण्ड्स र च्यासल बराबरी भएमा दुवै टोलीलाई घाटा हुनेछ र त्यसको फाइदला ब्रिगेडले उटाउन सक्नेछ ।

यदि च्यासलले फ्रेण्ड्सलाई हराएमा रेलिगेसन जोनबाट सुरक्षित स्थानमा पुग्नेछ र फ्रेण्ड्सलाई रेलिगेसनको दबाबमा हुनेछ ।

च्यासलसँग हारेमा फ्रेण्ड्सले अन्तिम खेलमा हिमालयन शेर्पालाई हराएर मात्र पुग्दैन अन्य खेलको नतिजा पनि आफू अनुकुल आउनुपर्नेछ । त्यसैले च्यासल र फ्रेण्ड्स दुवैका लागि आजको खेल ए डिभिजनमै टिक्नका लागि निकै महत्वपूर्ण हुनेछ ।

अघिल्लो खेलमा ब्रिगेडसँग बराबरीमा रोकिएपछि च्यासलका टेक्निकल डिरेक्टर लेघ मानसनले यो खेल फाइनल जस्तै हुने बताएका थिए । उनको अर्थ जित्ने टिम ए डिभिजनमै रहने सम्भावना रहँदा हार्ने टिम लगभग बी डिभिजन घटुवा पर्नेछ ।

यस्तै दोस्रो खेलमा च्याम्पियन बनिसकेको मछिन्द्र एफसीले थ्रीस्टार क्लबसँग खेल्नेछ । यो खेल दशरथ रंगशालमा ४:४५ बजे सुरु हुनेछ । मछिन्द्रले उपाधि पक्का गरेपछि पहिलो खेल खेल्न लागेको हो ।

उपाधि पक्का भइसकेकोले यो खेलको त्यति अर्थ नहुन सक्छ । तर मछिन्द्रका प्रशिक्षक प्रवेश कटवालले बाँकी खेलमा पनि अपराजित रहँदै लिगको ट्रफी उठाउने लक्ष्य बताइसकेका छन् । त्यसैले मछिन्द्र हार्न चाहँदैन । ११ खेलसम्म अपराजित लिडर मछिन्द्रको २९ अंक छ । थ्रीस्टार ११ खेलबाट १८ अंकसहित चौथो स्थानमा छ ।

थ्रीस्टारको लागि पनि मछिन्द्रलाई हराउन सकेन दोस्रो स्थानमा उक्लेन अवसर हुनेछ । शीर्ष तीनमा लिग सकाउ थ्रीस्टारलाई जितको आवश्यकता छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?