+
+

एमसीसी टेबल गर्दा सत्तारुढ सांसदकै विरोध

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०७८ फागुन ८ गते १४:३०

८ फागुन, काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसी अनुमोदनका लागि प्रतिनिधिसभामा टेबल गर्दा सत्तारुढ दलका  सांसदहरु नै विरोधमा उत्रिएका छन् ।

एमाले सांसदहरुले नाराबाजी गरिरहेका बेला सभामुख अग्निप्रसाद सापकोटाले अर्थमन्त्रीको तर्फबाट एमसीसी सम्झौता टेबल गर्न सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई समय दिएका थिए । कार्कीले सम्झौता टेबल गर्न प्रस्ताव गर्दा सत्तारुढ माओवादी केन्द्र र एकीकृत समाजवादीका केही सांसदले उठेर विरोध गरे ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कुर्सीमा बसिरहे, उनीसँगै रहेका कृष्णहादुर महराले उभिएर विरोध गरे । गिरिराजमणि पोखरेल र केही सांसदले पनि उठेर विरोध गरे ।

एकीकृत समाजवादीका सांसदहरुको अवस्था पनि त्यस्तै रह्यो । एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल लगायतले नाराबाजी गरे ।

नेकपा एमालेका सांसदहरुले भने प्रतिनिधिसभाको बैठक सुरु हुँदादेखि नै रोष्ट्रममा नाराबाजी गरेका थिए । पहिले रोष्ट्रममा नाराबाजी गर्न नगएका नेता भीम रावल सञ्चारमन्त्री कार्कीले एमसीसी सम्झौता अनुमोदनका लागि प्रस्ताव पेश गर्न रोष्ट्रममा पुगेपछि भने उठेर नाराबाजी गरेका थिए । नेमकिपाका प्रेम सुवाल, जनमोर्चाकी दुर्गा पौडेलले पनि विरोध गरे ।

* खनालले उभिएर नाराबाजी गरेको हुनुपर्नेमा अन्यथा भएकाले सच्याएका छाैं-

लेखकको बारेमा
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?