+
+

तनहुँमा एक हजार ६५ नयाँ उद्योग दर्ता

रासस रासस
२०७८ फागुन ८ गते १३:३२

८ फागुन, तनहुँ । चालू आर्थिक वर्षको पहिलो ६ महिनामा तनहुँमा एक हजार ६५ उद्योग दर्ता भएका छन् । तीमध्ये सबैभन्दा बढी कृषिजन्य उद्योग छन् ।

घरेल् तथा साना उद्योग कार्यालय तनहुँका अनुसार दर्ता भएका उद्योगमध्ये ७२१ कृषिजन्य, ७४ उत्पादनमूलक, १९७ पर्यटनमूलक, १६६ सेवामूलक, चार सूचना तथा प्रविधिमूलक छन् । कार्यालयमा कृषिजन्य, ऊर्जामूलक, खनिजजन्य, पूर्वाधार, पर्यटनमूलकलगायतका उद्योग दर्ता हुँदै आएका छन् । दर्ता भएकालाई निजी र साझेदारी लघु उद्यम, घरेलु उद्योग र साना उद्योगमा वर्गीकरण गर्ने गरिएको छ । गत आर्थिक वर्षमा जिल्लामा दुई हजार एक उद्योग दर्ता भएका थिए । आर्थिक वर्ष २०७६/७७ मा जिल्लामा तीन हजार ५१५ उद्योग थपिएको थियो ।

कृषि र पशुपालनमा युवाको आकर्षण बढेसँगै कृषिसम्बन्धी उद्योग दर्तामा वृद्धि भएको कार्यालयका प्रमुख नारायणप्रसाद ढकालले बताए । ‘कोरोना भाइरस सङ्क्रमणका कारण वैदेशिक रोजगारीबाट फर्किएका युवाले गाउँमै उद्यम सुरु गरेका छन्।’ उनले भने, ‘कृषि तथा वनजन्यतर्फ दुग्ध डेरी, गाईपालन, बाख्रापालन, कुखुरापालन, मौरीपालन, माछापालन, तरकारी खेतीतर्फ आकर्षण बढ्दो छ ।’

कार्यालयले सोही अवधिमा ३० लाखभन्दा बढी राजस्व सङ्कलन गरेको छ । दर्ता भएका उद्योगबाट ३० लाख ४३ हजार राजश्व सङ्कलन भएको कार्यालयले जनाएको छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?