+
+

अनमोलको ‘हनी बनी’ दशैंमा रिलिज हुने

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ८ गते १७:२०

८ फागुन, काठमाडौं । अभिनेता अनमोल केसीको नयाँ चलचित्र ‘हनी बनी’को प्रदर्शन मिति तय गरिएको छ । निर्माणपक्षले आगामी असोज १४ गतेलाई यो चलचित्रको रिलिज मिति घोषणा गरेको हो ।

दशैंका लागि प्रदर्शन मिति तय गरिएको भएपनि ‘हनी बनी’को छायांकन भने अझै सुरु भएको छैन । दिवाकर भट्टराईले निर्देशन गर्ने ‘हनी बनी’मा अनमोल मुख्य भूमिकामा देखिनेछन् भने अभिनेता सलोन बस्नेतको पनि मुख्य भूमिका रहनेछ । केही दिनअघि मात्र अनमोल र सलोनलाई चलचित्रमा अनुबन्ध गरिएको हो ।

एबी इन्टरनेसनलको प्रस्तुतिमा गौतम प्रोडक्सन र भ्वाइस फिल्म्स लिमिटेडको सहकार्यमा यो चलचित्र बन्न लागेको हो । चलचित्रमा अमित बस्नेत, अजितकुमार थापा र परी रानाको लगानी रहनेछ भने चलचित्रका कार्यकारी निर्माता अंकित गौतम हुन् ।

लभस्टोरी जनरामा बन्ने यो चलचित्रमा अनमोलको फरक भूमिका हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?