+
+

वैदेशिक अध्ययनका लागि १०९ कर्मचारीलाई छात्रवृत्ति

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ८ गते १३:३५

८ फागुन, काठमाडौं । सरकारले विभिन्न निकायका १०९ जना कर्मचारीलाई वैदेशिक अध्ययनमा पठाउने भएको छ ।

सामान्य प्रशासन तथा संघीय मामिला मन्त्रालयको जनशक्ति योजना तथा विकास शाखाले निकालेको सूचना अनुसार निजामति सेवा ऐन अनुसार वैदेशिक अध्ययन, तालिम तथा भ्रमणसम्बन्धी अवसर सबै सेवालाई न्यायिक तवरले बाँडफाँड गरी उक्त संख्याका कर्मचारीलाई वैदेशिक अध्ययनमा पठाउन लागेको जनाएको छ ।

विभिन्न मन्त्रालय तथा निकायमा कार्यरत कर्मचारीहरु समावेश हुनेगरी छात्रवृत्ति बाँडफाँड गरिएको सूचनामा उल्लेख छ ।

मुख्यचिव शंकरदास वैरागीको अध्यक्षतामा आइतबार बसेको बैठकले विभिन्न कार्यालयमा कार्यरत कर्मचारी पर्ने गरी छात्रवृत्ति बाँडफाँड गरिएको शाखा अधिकृत सागर केसीले जानकारी दिए ।

८८ कर्मचारीलाई कोरिया

सरकारले कोरियाका लागि मात्रै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, उद्योग वााणिज्य तथा आपुर्ती मन्त्रालय, अर्थ मन्त्रालय लगायतका कार्यालयबाट ८८ जना कर्मचारीलाई छात्रवृत्ति बाँडफाँड गरेको छ । जसमा स्थानीय प्रशासन, लेखा, सार्वजनिक व्यवस्थापन तथा सार्वजनिक सेवा पुनः संरचना, आर्थिक विकास, ई-गभरमेन्ट, कृषि प्रविधि, लैंगिक विकास तथा समानता लगायतको विषय रहेका छन् ।

यस्तै अष्ट्रेलियन अवार्ड स्कलरसिपका लागि २० जनाले छात्रवृत्ति पाउने भएका छन् । यो छात्रवृत्तिका लागि सबै निकायलाई खुल्ला गर्ने सामान्य प्रशासन मन्त्रालयले जानकारी दिएको छ । सामान्य प्रशासन मन्त्रालयले मनोनय गर्ने गरी स्थानीय तहबाट एक जना कर्मचारीका लागि सामाजिक उद्यमशिलत तथा नवप्रवर्तनको विषयमा अध्ययन गर्नको लागि सिंगापुरमा पठाउने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?