+
+

ईसेवामा बोनस आउँछ भनी ठगी गरेको आरोपमा दुईजना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ८ गते १९:०५

८ फागुन, काठमाडौं। प्रहरीले ईसेवामा बोनस रकम आउँछ भनी ठगी गरेको आरोपमा दुई जनाले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा माधवनारायण नगरपालिका-२ रौतहट घर भई हाल वीरगञ्‍ज बस्‍दै आएका सुभम साह र महागढी नगरपालिका-१० घर भई हाल वीरगञ्‍ज बस्‍दै आएका सर्फराज आलम रहेका छन् ।

उनीहरुले आफूहरु ईसेवाको कर्मचारी भएको र आफ्नै ईसेवामा ५० हजार जम्‍मा गरेमा २ हजार ५०० बोनस पाइन्छ भन्‍दै पीडितको ईसेवाको आइडी र ओटीपी लिएर बैंकमा पहुँच पुर्‍याइ ७ लाख २७ हजार ३०० रकम निकालेको प्रहरीको दाबी छ ।

पक्राउ परेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय पर्साको समन्वयमा महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?