+
+

भट्टराई पक्षले थाल्यो हस्ताक्षर संकलन, यादवले बोलाए कार्यकारिणी समितिको बैठक

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ९ गते १३:३३

९ फागुन, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)मा डा. बाबुराम भट्टराई पक्षले केन्द्रीय समितिको बैठक बोलाउन माग गर्दै हस्ताक्षर संकलन गरेको छ । अध्यक्ष उपेन्द्र यादवले भने १३ फागुनमा कार्यकारिणी समितिको बैठक बोलाएका छन् ।

जसपामा संघीय परिषद्का अध्यक्ष डा. भट्टराई र अध्यक्ष यादवबीच चर्को विवाद छ । भट्टराईले अशोक राईको समेत साथ लिएर पार्टीमा बहुमत जुटाउने र कार्यकारी अधिकार लिने प्रयास गरेका छन् । तर अहिलेसम्म न राईले साथ दिएका छन्, न अध्यक्ष यादवले केन्द्रीय समितिको बैठक बोलाएका छैनन् ।

अध्यक्ष यादवले सोमबार भने १३ फागुनका लागि कार्यकारिणी समितिको बैठक भने बोलाएका छन् । ‘३ महिनादेखि केन्द्रीय समितिको बैठक माग गर्दै आएका छौं, अध्यक्ष तयार हुनु भएको छैन,’ एक कार्यकारिणी सदस्य भन्छन्, ‘१३ फागुनमा कार्यकारिणी समिति बैठक भनेर भर्खर कार्यलयबाट खबर आएको छ ।’

कार्यकारिणी लगतै केन्द्रीय समितिको बैठक राख्नुपर्ने भट्टराई पक्षका नेताहरुको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?