+
+

बागमती प्रदेशमा ९६ प्रतिशतले लगाए कोरोनाविरुद्ध खोप

रासस रासस
२०७८ फागुन ९ गते १३:३३

९ फागुन, काठमाडौं । बागमती प्रदेशमा कोरोना संक्रमणविरुद्धको खोप दिइने अभियानअन्तर्गत हालसम्म प्रदेशभर ९६ प्रतिशत नागरिकले पहिलो मात्राको खोप लगाइसकेका छन् ।

प्रदेशका १२ देखि १७ वर्षका ४८ प्रतिशत बालबालिकाले कोरोना संक्रमणविरुद्धको खोप लगाइसकेको र योक्रम जारी रहेको मन्त्रालयबाट जानकारी पाइएइको छ । हेटौँडाबाट खोप अभियान सुरु भएको पहिलो मात्राको खोप प्रदेशभर ४८ प्रतिशत बालबालिकालाई दिइएको छ । खोप अभियान तीव्ररुपमा सञ्चालन गरिएको र समुदायमा नै पुगेर खोप अभियान सञ्चालन गरिएकाले खोप लगाउनेको सङ्ख्यामा वृद्धि भएको प्रदेशका स्वास्थ्यमन्त्री निमा लामाले बताए ।

विश्वव्यापीरुपमा फैलिएको कोरोना महामारी रोगले मानवीय क्षतिमात्र नभई अर्थतन्त्रमासमेत क्षति पुर्‍याएको बताउँदै मन्त्री लामाले प्रदेश सरकार स्वास्थ्य क्षेत्रमा सुधार गर्न लागिपरेको बताए ।

मन्त्री लामाले मकवानपुरको दुर्गम तथा पिछडिएका क्षेत्रमा आफैं सहभागी भएर कोरोना संक्रमणविरुद्धको खोप अभियानअन्तर्गत शिविर सञ्चालन गरेका थिए । यसैबीच जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरका अनुसार मकवानपुरमा ९० प्रतिशत नागरिकले कोरोना संक्रमणविरुद्धको खोप लगाएको छ ।

साथै कोरोनाविरुद्धको खोप लगाउने र स्वाब सङ्कलन कार्य जिल्लामा जारी रहेको बताइएको छ । जिल्लामा कोरोना संक्रमण हुनेको सङ्ख्या हालसम्म १७ हजार ९११ जना रहेको र हालसम्म जिल्लामा कोरोना संक्रमणबाट मृत्य हुनेको सङ्ख्या १७१ जना रहेको सो कार्यालयले जनाएको छ । जिल्लामा कोरोना संक्रमितको सङ्ख्या दिनप्रति घट्दै गएको छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?