+
+

दाङमा दुर्घटनापछि तनाव, ५ राउण्ड अश्रुग्याँस प्रहार

आभास बुढाथोकी आभास बुढाथोकी
२०७८ फागुन ९ गते १४:५६

९ फागुन, दाङ । दाङको लमही–तुलसीपुर सडक खण्डमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मुत्यु भएको विषयलाई लिएर झडप भएको छ । झडप नियन्त्रणका लागि प्रहरीले अश्रुग्याँस हानेको छ ।

दुर्घटनामा मृत्यु भएका मोटरसाइकल चालक अर्जुन खड्काको परिवारले ट्रक चालकसँगै घटनामा संलग्न अर्को मोटरसाइकल चालकलाई पनि पक्राउ गर्नुपर्ने माग गर्दै अवरुद्ध गरेको सडक प्रहरीले खुलाउन खोजेपछि झडप भएको हो । त्यस क्रमम प्रहरीले ५ राउन्ड अश्रुग्याँस हानेको हो । प्रदर्शनकारीले इलाका प्रहरी कार्यालय गोग्लीको प्रहरी विट समेत ढालिदिएका छन् र सडकमा आगो बालेका छन् ।

सो घटनालाई लिएर घोराही उपमहानगरपालिका–३ भानुचोक नजिकै मृतक परिवारले विहान ९ बजेदेखि नै लमही–तुलसीपुर सडक अवरुद्ध गर्दै आएका थिए । सोमबार  विहान भानु चोक नजिकै ट्रकले मोटरसाइकलले ठक्कर दिँदा मोटरसाइकल चालक स्थानीय १९ वर्षीय अर्जुन खड्काको घटनास्थलमै मुत्यु भएको थियो ।

प्रहरीले ठक्कर दिने ट्रकसहित चालक रिरेन्द्रकुमार पूर्वेलाई नियन्त्रणमा लिइसकेको छ । मतृकका परिवारले भने घटनामा अर्काे मोटर साइकल चालक समेत दोषी रहेको भन्दै पक्राउ गर्नुपर्ने माग गरेको स्थानीय वेदब्यास पोखरेलले बताए ।

जिल्ला प्रहरी प्रमुख सुरेशकुमार काफ्लेले मृतक परिवारसँग वार्ता भइरहेको बताउँदै घटना नियन्त्रणमा आएको बताए । उनले केहीबेरमै मृतक परिवारसँग छलफल गरी अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको जानकारी दिए ।

लेखकको बारेमा
आभास बुढाथोकी

बुढाथोकी अनलाइनखबरका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?