
९ फागुन, काठमाडौं । ओमानमा जारी आईसीसी टी–२० विश्वकप ग्लोबल क्वालिफायरको समूह ए अन्तर्गतको खेलमा युएईलाई पराजित गरे पनि बहराइन सेमिफाइनलमा पुग्न असफल भएको छ ।
यो समूहबाट आयरल्याण्ड विजेता र युएई उपविजेताका रुपमा सेमिफाइनलमा पुगेका छन् । तीनै टोलीको समान चार अंक भए पनि नेट रनरेटका आधारमा बहराइन तेस्रो भयो ।
मस्कटस्थित अल अमेरात रंगशालामा बहराइनविरुद्ध १ सय ७३ रनको लक्ष्य पछ्याएको युएईले १ सय ७० रनमात्र बनाउन सक्यो । युएईका बृत्य अरविन्दले ५२ बलमा ८४ रनको अविजित पारी खेले पनि टिमलाई हारबाट जोगाउन सकेनन् । अन्तिम ओभरमा २७ रन आवश्यक रहेकामा अरविन्दले २५ रन जोडेका थिए ।
टस जितेर पहिले ब्याटिङ गरेको बहराइनले ५ विकेट गुमाएर १ सय ७२ रनको योगफल खडा गरेको थियो । बहराइनका लागि उमर इम्तियाजले ४२ तथा डेभिड माथियासले अविजित ४६ रन बनाएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4