+
+

भित्री वस्त्रमा लुकाएर एक किलो सुन ल्याएपछि…

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ९ गते १८:१५

९ फागुन, काठमाडौं। हिमालय एयलाइन्सको उडान नम्बर एच९५६६ बाट सोमबार बंगलादेशी नागरिक मोहमद तोफिक उल्लाह काठमाडौं ओर्लिए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टर्मिनल गेटमा खटिएका प्रहरीलाई उनको हिँडाइ अस्वभाविक लाग्यो । तर विमानस्थलमा मेटल डिटेक्टरको जाँचमा कुनै कैफियत देखिएन ।

‘शंका लागेपछि फेरि सोधपुछ गरेर खनतलासी लिँदा उनले लगाएको भित्री वस्त्रमा बेलना आकारको अर्धठोस सुन लुकाएको भेटियो’ विमानस्थल सुरक्षा प्रहरी कार्यालयका प्रवक्ता एसपी हिमालयकुमार श्रेष्ठ भन्छन्, ‘९३६ ग्राम सुन बरामद भएपछि नियन्त्रणमा लिएर अनुसन्धान थालेका थियौं ।’

सोधपुछका क्रममा उनले भारतीय नागरिक पारसनाथ शाहको नाम खुलाएपछि उनलाई पनि पक्राउ गरेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय, गौरचमा बुझाइएको एसपी श्रेष्ठले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?