+
+

ललितपुर मेयर कप महिला क्रिकेट : सुदूरपश्चिमको विजयी सुरुवात

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १० गते १३:०१

१० फागुन, काठमाडौं । सुदूरपश्चिम प्रदेश टोलीले ललितपुर मेयर वुमन्स टी–२० च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ ।

मंगलबारदेखि कीर्तिपुर मैदानमा सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा सुदूरपश्चिमले ललितपुर महानगरपालिका–११ लाई ५८ रनले पराजित गरेको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित ओभरमा ५ विकेट गुमाएर १४३ रन जोडेको थियो । सुदूरपश्चिमका लागि ओपनरहरू रेवती धामी र विन्दू रावलले क्रमशः २९ र २८ रन बनाएका थिए । कप्तान ऋतु कनोजियाले ४२ र डली भट्टले २५ रनको योगदान गरे ।

वलिङतर्फ ललितपुर महानगरपालिकाका लागि खुसी डंगोलले २ विकेट लिइन् । अस्मिना कर्माचार्य, आरती विडारी र अनुराधा चौधरीले १–१ विकेट लिए ।

जवाफमा ललितपुरले ७ विकेट गुमाएर ८५ रनमात्र बनाउन सक्यो । ललितपुरकी कप्तान सरस्वती कुमारी चौधरी (२६), साना प्रविण (१५) र कन्चन श्रेष्ठ (१०) ले मात्र दोहोरो अंकको रन छुन सके ।

बलिङमा सुदूरपश्चिमकी लक्ष्मी साउदले ३ विकेट लिइन् । कविता कुँवरले २ तथा ईश्वरी विष्ट र सम्झना खड्काले १/१ विकेट लिए ।

पहिलो दिनको दोस्रो खेलमा प्रदेश १ र विभागीय टोली एपीएफबीच प्रतिस्पर्धा हुँदैछ । पाँच टोली सहभागी प्रतियोगिता राउण्ड रोविन लिग प्रणालीमा सञ्चालन हुनेछ । लिगका शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् । ललितपुर महानगरपालिकाको पूर्ण प्रायोजनमा हुने प्रतियोगिताको यो दोस्रो संस्करण हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?