+
+

टाइम्स र गोल्डेनगेट सेमिफाइनलमा

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १० गते १९:०२

१० फागुन, काठमाडौं । टाइम्स बास्केटबल क्लब र गोल्डेनगेट लामा टेन्डी शेर्पा स्मृति खुला बास्केटबल प्रतियोगिताको पुरुषतर्फ मंगलबार सेमिफाइनलमा प्रवेश गरेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको क्वाटरफाइनलमा टाइम्सले कास्कीलाई ११३–६१ ले हरायो । टाइम्सका मविन्द्र क्षत्री र कास्कीका राजेन्द्र पुनले समान २० स्कोर गरे । टाइम्स चारै क्वाटरमा अघि रह्यो । टाइम्सले २६–१०, ३२–१३, २८–१७ र २७–२१ अंक जोड्यो ।

गोल्डेनगेटले ड्रिम टिमलाई १०२–७९ ले हरायो । गोल्डेनगेटका विक्रम डंगोलले २३ अंक बटुले । उता ड्रिम मिटका रविन बस्नेतले ३२ स्कोर गरे पनि जितका लागि पर्याप्त भएन ।

सुरुवातमा २०–१९ को साँघुरो अग्रता लिएको गोल्डेनगेट दोस्रोमा २६–२६ को बराबरीमा रोकियो । तेश्रोमा ३३–२२ र चौथोमा २३–१२ को अग्रता बनाउँदै गोल्डेनगेटले जित सुनिश्चित गर्दै जित अन्तर पनि फराकिलो बनायो ।

अब सेमिफाइनलमा गोल्डेनगेटले टाइम्ससँग खेल्नेछ । अर्को सेमिफाइनल रोयल र नेपाल आर्मीबीच हुने छ ।

नेपाल बास्केटबल संघद्वारा आयोजित प्रतियोगिताको महिलातर्फ भने रोएल बास्बेटबल एकेडेमी र नेपाल पुलिस क्लब फाइनल पुगिसकेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?