+
+

४८ लाखको नियन्त्रित औषधिसहित ९ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १० गते १९:४२

१० फागुन, मोरङ । नियन्त्रित औषधि अवैध रुपमा खरिद-बिक्री गरेको आरोपमा प्रहरीले ९ जनालाई पक्राउ गरेको छ ।

सुन्दरहरैंचा नगरपालिका-१० मा रहेको नेती फर्मा र डे.ड्रिम मेडिसिन सेन्टरका सञ्चालकसहित खरिद गर्नेहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक मञ्जिल मुकारुङले जानकारी दिए ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा सुन्दरहरैचा नगरपालिका-१० का शुशिलकुमार काफ्ले, गोमा कार्की, अरुण राई र सनम तामाङ छन् । त्यस्तै सुन्दरहरैचा नगरपालिका-१ का सनम खवास तथा सुन्दरहरैचा नगरपालिका-९ का सुबास राई, जुसन सुनाम, निमेश परियार र अनुप खड्का पनि पक्राउ परेका छन् ।

उनीहरूको साथबाट २२ लाख साढे १८ हजार बराबरको स्पासपाइन, ८ लाख ८१ हजार बजारको एन्टीकोफ, ९ लाख ४६ हजार १५० रुपैयाँ बराबरको निओरिन, ७ लाख ३० हजार बराबरको एपबलिन र ६० हजार बराबरको प्रि-जेड ७५ गरी ४८ लाख ३५ हजार ६५० रुपैयाँको नियन्त्रित औषधिसमेत बरामद गरेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?