+
+

च्याम्पियन्स लिग : चेल्सीलाई पहिलो लेगमा अग्रता

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ११ गते ९:१८

११ फागुन, काठमाडौं । इंग्लिस क्लब चेल्सीले युरोपियन च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लेगमा फ्रेन्च क्लब लिललाई २-० ले पराजित गरेको छ ।

घरेलु मैदान स्टानफोर्ड ब्रिजमा प्राप्त जितले चेल्सीले क्वाटरफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ ।

चेल्सीको जितमा काई हाभार्ट्जले आठौं र क्रिस्टिन पुलिसिकले ६३औं मिनेटमा गोल गरे ।

भ्लाहोभिचले गरे ३२ सेकेण्डमै गोल

यस्तै अन्तिम १६ कै अर्को खेलमा इटालियन क्लब युभेन्ट्स र स्पानिस क्लब भियारियालले १-१ को बराबरी खेलेका छन् ।

च्याम्पियन्स लिगमा डेब्यु गरिरहेका भ्लाहोभिचले पहिलो मिनेटमै गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाएका थिए ।

गत महिना मात्र फियोरेन्टिनाबाट युभेन्ट्स पुगेका २२ वर्षीय सर्बियन खेलाडी भ्लाहोभिचले खेल सुरु भएको ३२ सेकेण्डमै गोल गरे । तर त्यो अग्रता टिकने । भियारियालका लागि डानी परेजोले ६६औं मिनेटमा बराबरी गोल फर्काए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?