+
+

फिल्म रिलिजमा ढिलाइ हुँदा चर्चाबाट टाढा प्रदीप

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ११ गते ११:३०
अभिनेता प्रदीप खड्का । फाइल तस्वीर

११ फागुन, काठमाडौं । कोरोना महामारीका कारण करिब दुई वर्ष चलचित्र क्षेत्र अस्तव्यस्त बन्यो । जसका कारण कलाकारहरुको करिअरमा पनि धक्का लागेको छ । कतिपय कलाकार अब के गर्ने भनेर सोच्नुपर्ने अवस्थामा पुगेका छन् ।

दुई वर्षसम्म चलचित्र नियमित रुपमा रिलिज हुन नसक्दा कतिपय कलाकारहरु मौन देखिएका छन् । यसमा पर्छन्, अभिनेता प्रदीप खड्का ।

प्रदीपले अभिनय गरेका दुई चलचित्र ‘प्रेमगीत ३’ र ‘प्रकाश’ रिलिजका लागि तयार छन् । तर यी दुवै चलचित्रको प्रदर्शन मिति तय भएको छैन । ‘प्रेमगीत ३’को प्रदर्शन मिति बारम्बार तय भएपनि रिलिज हुन सकेको छैन ।

चलचित्र रिलिज नहुँदा अभिनेता प्रदीप खड्काको करिअरमा ठूलो धक्का लागेको छ । किनकि, दुई वर्षसम्म चलचित्र रिलिज नहुँदा प्रदीपको अगाडिको बाटो अझै स्पष्ट छैन । म्युजिक भिडियोमा अभिनय नगरेका प्रदीप सार्वजनिक कार्यक्रममा पनि निक्कै कम देखिए । जसले गर्दा उनी मिडिया र फ्यानबाट टाढाजस्तै छन् ।

चलचित्र ‘प्रेमगीत ३’का मेकरले नयाँ मिति हेरेर बसिरहेका छन् । ‘प्रकाश’ चलचित्रका मेकर पनि प्रदर्शन मितिको प्रतीक्षामा छन् । यो चलचित्रको नेपाल रिलिज अगाडि क्यानडाको टोरन्टोमा रिलिज गर्ने तयारी गरिएको छ ।

प्रदीपले अरु केही चलचित्र साइन गरेर बसेका छन् । तर ती चलचित्रको काम पनि कहिलेबाट सुरु हुन्छ निश्चित छैन ।

पल शाह, पुष्प खड्का लगायत अभिनेताहरु यो दुई वर्ष म्युजिक भिडियोका कारण दर्शकमाझ देखिए । अभिनेता अनमोल केसी नयाँ चलचित्रको खबरले चर्चामा रहे । प्रदीप भने ‘प्रकाश’मा काम गर्नुबाहेक अन्य समय मौन नै देखिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?